Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ को मृत्यु,१७०३ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ को मृत्यु,१७०३ जनामा संक्रमण पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर १२, २०७७ शुक्रवार • १६:४३:४४ बजे
  • 1.3K
    SHARES
  • पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ को मृत्यु,१७०३ जनामा संक्रमण पुष्टि
    नेपालमा थप १७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ भने अहिलेसम्म २ लाख १० हजार ६७१ जना संक्रमणमुक्त भएका छन्।

    यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १४३५  पुगेको छ। 

    स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारमात्रै १२३६ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology