Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा जाल्पारोडमा युवतीलाई जबरजस्ती यौन सम्बन्ध राख्न लगाउने खाजा घरका सञ्चालक पक्राउ

पोखरामा जाल्पारोडमा युवतीलाई जबरजस्ती यौन सम्बन्ध राख्न लगाउने खाजा घरका सञ्चालक पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर १३, २०७७ शनिवार • १२:५७:१० बजे
  • 3.2K
    SHARES
  • पोखरामा जाल्पारोडमा युवतीलाई जबरजस्ती यौन सम्बन्ध राख्न लगाउने खाजा घरका सञ्चालक पक्राउ
    पोखरा - पोखरा महानगरपालिका ९ जाल्पा रोडमा खाजा घर सञ्चालन गर्दै आएका ३४ वर्षीय केशव भुजेललाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

    आफ्नो खाजा घरमा खाजाखान आउने पुरुषहरुसँग पैसा लिएर खाजा घरमा काम गर्न राखेका युवतीलाई जवरजस्ती शारीरिक सम्पर्कमा सम्लग्न गराउने गरेको आरोपमा भुजेललाई कास्की प्रहरीले पक्राउ गरि कानुनी कार्वाही अगाडी बढाएको हो ।

    कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालका अनुसार काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–३ घरभई पोखरा–९ जाल्पारोडमा खाजाघर सञ्चालन गर्दै आएका ३४ वर्षीय केशव भुजेलले युवतीहरुलाई खाजा घरमा खाजा नास्ता वितरणको काममा लगाइदिन्छु भनी बोलाएर ल्याई डरधम्की देखाएर खाजाघरमा आएका व्यक्तिसँग जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाउने र अन्यत्र होटलमा समेत पठाई यौन शोषण गरेको भन्ने  उजुरीका आधारमा भूजेललाई  पक्राउ गरिएको डिएसपी हमालले जनकारी दिए ।

    खाजा घर सञ्चालक भुजेललाई मानब बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर अन्तरगत  म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ  ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology