Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बागलुङबाट काठमाडौंका लागि उडेको कैलाश एअरको हेलिकप्टरमा चील ठोक्किएर दुर्घटना

बागलुङबाट काठमाडौंका लागि उडेको कैलाश एअरको हेलिकप्टरमा चील ठोक्किएर दुर्घटना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर १४, २०७७ आइतवार • १९:०७:३३ बजे
  • 808
    SHARES
  • बागलुङबाट काठमाडौंका लागि उडेको कैलाश एअरको हेलिकप्टरमा चील ठोक्किएर दुर्घटना
    बागलुङबाट काठमाडौंका लागि उडेको कैलाश एअरको हेलिकप्टरमा चील ठोक्किएर दुर्घटना भएको छ। उडिरहेको हेलिकप्टरमा चील ठोक्किएपछि नुवाकोटको बेलकोटगढी–६ मा हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ।

    दुर्घटनामा एक जना घाइते भएका छन्। हेलिकप्टरमा चालसहित ६ जना सवार रहेकोमा २९ वर्षीय बीरजंग भण्डारी सामान्य घाइते भएको नुवाकोटका प्रहरी प्रमुख, एसपी तुलबहादुर कार्कीले बताए।

    भण्डारी बागलुङको गलकोट नगरपालिका–३ का वडाध्यक्ष हुन्। उनको हात र खुट्टामा चोट लागेको छ। हेलिकप्टरको अगाडिपट्टीको सिसामा क्षति पुगेको प्रहरीले जनाएको छ। 

    भण्डारीसँगै हेलिकप्टरमा गलकोट नगरपालिका–३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गीता मल्ल, अमृत खत्री थिए। उनीहरूको कैलाश एयरकै अर्को हेलिकप्टरमार्फत् उद्धार गरी काठमाडौं पुर्‍याइएको छ। हेलिकप्टर दुर्घनास्थलमै छ। चालक पनि उतै छन्। 

    बागलुङबाट दिउँसो १२ बजेर ५० मिनेटमा उडेको हेलिकप्टर १ बजेर ४० मिनेटमा चील ठोक्किएको थियो। काठमाडौं आइपुग्न १७ नटिकल माइल बाँकी रहँदा हेलिकप्टरमा चरा ठोक्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology