Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमणबाट पोखरामा ६ जनाको निधन,विवरण सहित......

कोरोना संक्रमणबाट पोखरामा ६ जनाको निधन,विवरण सहित......

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर १५, २०७७ सोमवार • १३:२१:२४ बजे
  • 3.4K
    SHARES
  • कोरोना संक्रमणबाट पोखरामा ६ जनाको निधन,विवरण सहित......
    कोरोना संक्रमणबाट पोखरामा ६ जनाको निधन भएको छ । स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशका अनुसार आइतवार र सोमवार दुई दिनको अन्तरालमा ५ पुरुष र एक महिलाको निधन भएको हो ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत ४ पुरुष र चरल मेमोरियल र गण्डकी मेडिकल कलेज गरी ६ जना संक्रमितको कोरोनाका कारण मृत्यु भएको हो । 

    मृत्यु हुनेमा पोखरा-१८ निवासी ५१ वर्षीय पुरुषको आइतबार राति ९:४५ बजे उपचारकै क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक बिनोदबिन्दु शर्माले वताउनुभयो । उहाँलाई यही मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भई केन्द्रमै उपचार शुरु गरिएको थियो ।

    त्यस्तै स्याङ्जाको वालिङ नगरपालिका-१४ का ६७ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार बिहान मृत्यु भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचार केन्द्रमा उपचाररत उहाँका बिहान २।१० बजे निधन भएको हो । यही मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भई केन्द्रमा उपचार शुरु गरिएको थियो । 

    पोखरा ३  का ६५ वर्षीय पुरुषको आइतबार दिउसो ४ : ३३  बजे उपचारको क्रममा मृत्यु भएको हो । उनलाई मंसिर ८ गते कोरोना पुष्टि भएको थियो ।

    पोखरा ११ का ६० वर्षीय पुरुषको आइतबार बिहान ५ :४५ बजे उपचारको क्रममा मृत्यु भएको छ ।मंसिर ८  गते कोरोना संक्रमण पुष्टि भइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा उपचाररत थिए । 

    मंसिर १२  गते कोरोना संक्रमण पुष्टि भइ पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत पोखरा १६ की  ५७ वर्षीया  महिलाको सोमबार बिहान ४ :००  बजे उपचारकै क्रममा मृत्यु भएको हो ।

    यस्तै मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भइ पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा १९ का ५७ वर्षीय पुरुषको शनिबार राति ९ :२० बजे उपचारकै क्रममा मृत्यु भएको हो ।

    128642332_207833507391101_8246036807708956213_o.jpg
    128437819_207185517455900_2285142985714772717_o.jpg
    127638583_207808880726897_2928404242437684878_o.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology