(मुख्य प्रशिक्षक दलित आन्दोलनका अगुवा, बिश्लेषक एबँ बिद्वान बिश्वभक्त दुलाल टेलिभिजन बाट प्रशिक्षण दिदै)
म्याग्दीको बेनीमा नेपालमा जात ब्यवस्था र त्यसको कहर बिषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । दलित युवा संजाल म्याग्दीको आयोजना र बेनी नगरपालिकाको सहयोगमा शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका मुख्य प्रशिक्षक दलित आन्दोलनका अगुवा, बिश्लेषक एबँ बिद्वान बिश्वभक्त दुलाल (आहुती)ले जुम मार्फत प्रशिक्षण दिनुभएको थियो ।

दलित मुक्ति संगठनका केन्द्रिय सदस्य टेक बहादुर बिश्वकर्मा
बेनी नगरपालिकाका १० वटै वडाबाट दलित समुदायको प्रतिनिधिमुलक सहभागीता रहेको कार्यक्रममा दलित मुक्ति संगठनका केन्द्रिय सदस्य टेक बहादुर बिश्वकर्माले सन् १९१० को मुलुकी ऐनमा जंग बहादुर राणाले जात ब्यवस्थालाइ कानुनी मान्यता दिए संगै नेपालमा निरन्तर जातिय विभेद कायम रहदै आएको बताउनुभयो । हाल संबिधानमा छुवाछूत मुक्त राष्ट्र घोषणा गरिएपनी ब्यवहारिक कार्यान्वयन नभएको भन्दै यसका लागि सम्पुर्ण दलितहरु एक भएर लड्नुको बिकल्प नरहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा दलित युवा संजाल नेपालका अध्यक्ष पुष्कर बिश्वकर्मा, स्वतन्त्र दलित अधिकारकर्मीहरु लालु किसान, गब्बे परियार, बिश्वकर्मा समाज म्याग्दीका अध्यक्ष तप्त बहादुर बिश्वकर्मा, बुद्धि बिकास माबिका प्रधानाध्यापक जग बहादुर किसान र शिक्षक मनबीर किसान,संयुक्त दलित राजनीतिक संघर्ष समिति म्याग्दिका संयोजक याम किसान, अनेरास्ववियुका जिल्ला संयोजक सुवास बिश्वकर्मा, कलाकार पदम बिश्वकर्मा र सज्जन बोहोराले आफ्नो कला र सिपको सहि सदुपयोग गर्दै विभेद रहित समाज निर्माणका लागि अन्य जातिहरुसङ्ग पनि समन्वय गरेर अगाडि बढ्न आबस्यक रहेको बताएका थिए ।
जिल्ला समन्वय समितिको सभाहलमा आयोजित उक्त प्रशिक्षण कार्यक्रम संजालका अध्यक्ष किसान बिश्वकर्माको अध्यक्षता, संचारकर्मी अमित बिश्वकर्माको स्वागत, र संजालका सदस्य कुमार किसानको संचालनमा सम्पन्न भएको थियो ।