Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना पुष्टि

कास्कीमा १८ महिने बालिका बागलुङमा तीन सहित गण्डकी प्रदेश भरी १५ जनामा कोरोना पुष्टि

कास्कीमा १८ महिने बालिका बागलुङमा तीन सहित गण्डकी प्रदेश भरी १५ जनामा कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर १६, २०७७ मंगलवार • ११:३९:०७ बजे
  • 1.7K
    SHARES
  • कास्कीमा १८ महिने बालिका बागलुङमा तीन सहित गण्डकी प्रदेश भरी १५ जनामा कोरोना पुष्टि
    कास्कीमा १८ महिने बालिका सहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशका अनुसार संक्रमितहरु कास्की जिल्लाको मादी गाउँपालिकाका ६ जना र गण्डकी मेडिकल कलेजमा उपचारत ६ जना गरी १२ जनामा पुष्टि भएको हो । 

    मादीका संक्रमितहरुमा १८ महिने बालिका सहित ३ महिला र ३ पुरुष रहेका छन भने गण्डकी मेडिकल कलेजमा उपचाररत एक महिला र पाचँ पुरुष संक्रमित रहेका छन ।

    यसै गरी बागलुङ जिल्लाको जैमनी र काठेखोला गाउँपालिकामा दुई र एक जना गरी तीन जना पुरुषहरुमा संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या १२०७३ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना पुष्टि
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology