Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

होटेलमा भेटिएका डिएसपी भरतराज चौधरी निलम्बन

होटेलमा भेटिएका डिएसपी भरतराज चौधरी निलम्बन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर १७, २०७७ बुधवार • १७:५८:३१ बजे
  • 1.6K
    SHARES
  • होटेलमा भेटिएका डिएसपी भरतराज चौधरी निलम्बन

    इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका तत्कालीन प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतराज चौधरीलाई गृह मन्त्रालयले निलम्बन गरेको छ ।
     
    यही मंसिर ९ गते राति सम्पर्कविहीन भएका डिएसपी चौधरीलाई आचरणविरुद्धको गतिविधि गरेको भन्दै निलम्बन गरेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरीक्षक (एसपी) दिलीपसिंह देउवाको नेतृत्वमा उनीमाथि छानबिन गरिरहेको जनाएको छ । पहिलो चरणमा जिम्मेवारी खोसेर छानबिन भइरहेकोमा जिल्ला प्रहरी कार्यालय कैलालीले उनलाई निलम्बन गर्न सिफारिस गरेको थियो ।

    सम्पर्कविहीन भएका डिएसपी चौधरी कैलालीको एक होटेलमा भेटिएका थिए । प्रहरीले भने उनी आफैँ सम्पर्कमा आएको बताएको छ ।

  • सम्बन्धित विषय:

  • # डिएसपी भरतराज चौधरी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology