Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

काठमाडौंको बौद्धमा हिटर बालेर सुतेकी आमा र उनकी एक महिनाको छोरी मृत र श्रीमान अचेत अवस्थामा फेला

काठमाडौंको बौद्धमा हिटर बालेर सुतेकी आमा र उनकी एक महिनाको छोरी मृत र श्रीमान अचेत अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर १८, २०७७ बिहिवार • १४:५८:१३ बजे
  • 1.4K
    SHARES
  • काठमाडौंको बौद्धमा हिटर बालेर सुतेकी आमा र उनकी एक महिनाको छोरी मृत र श्रीमान अचेत अवस्थामा फेला
    काठमाडौंको बौद्धमा एक महिला र उनकी एक महिनाको छोरी मृत अवस्थामा र श्रीमान अचेत अवस्थामा फेला परेका  छन् ।

    गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्दै आएकी २७ बर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाको छोरी मृत फेला परेका हुन् ।  सोही कोठामा अचेत फेला परेका ३२ बर्षका श्रीमान् दोर्जे शेर्पा नेपाल मेडिकल कलेजमा उपचारपछि होस आएको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्कीले बताए ।

    कोठामा राती सुत्दा क्वाइलवाला हिटर र इलेक्ट्रिकल हिटर बालेर सुतेको र झ्याल ढोका सबै बन्द गरेका कारण निस्सासिएर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ ।

    उनीहरुले बस्दै आएको घरमा किराना पसल सञ्चालन राखेका थिए । बिहान घरबेटी सामान लिन जादा समेत अबेरसम्म नउठेपछि बोलाउदा नबोलेपछि प्रहरीलाई खबर गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # मृत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology