Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एक महिलाको पहिरोमा पुरिएर मृत्यु

एक महिलाको पहिरोमा पुरिएर मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २१, २०७७ आइतवार • १४:१५:५७ बजे
  • 3.2K
    SHARES
  • एक महिलाको पहिरोमा पुरिएर  मृत्यु

    नरहरिनाथ गाउँपालिका वडा नं ७ मा गएको पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ ।

    images

    पहिरोमा पुरिएर नरहरिनाथ ७ की ३५ वर्षीया तुला बटालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी श्यामबाबु ओलीयाले बताउनुभयो ।

    मृतकको प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउँमा पोस्टमार्टम गर्ने तयारी भइरहेको छ । नहरिनाथ गाउँपालिकाकै वडा नं ६ मा पहिरो जाँदा वडा कार्यालय पुरिएको छ ।

    त्यस्तै कर्णाली राजमार्गको भैंसीगौडामा माथिबाट ढुङ्गा खस्दा मोटरसाइकलमा सवार तीलागुफा ३ का मनीकृष्ण न्यौपाने गम्भीर घाइते हुनुभएको छ ।

    घाइते न्यौपानेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ ।

    उज्यालाे अनलाइनबाट साभार

    -

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology