Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सशस्त्र प्रहरी सहायक हवल्दार सेवाग्राहीसगँ ३५ हजार रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ

सशस्त्र प्रहरी सहायक हवल्दार सेवाग्राहीसगँ ३५ हजार रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर १९, २०७७ शुक्रवार • १८:०३:५४ बजे
  • 1.6K
    SHARES
  • सशस्त्र प्रहरी सहायक हवल्दार सेवाग्राहीसगँ ३५ हजार रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ
    भैरहवा ।  सशस्त्र प्रहरी बल नेपालको कपिलवस्तुस्थित कृष्णनगर बीओपीका सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङ घुससहित पक्राउ परेका छन । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिए बापत सेवाग्राहीसगँ ३५ हजार रुपैयाँ लिइसकेको अवस्थामा सहायक हव्लदार गुरुङलाई घुस सहित पक्राउ गरिएको अख्तियारको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुषालले जानकारी दिए ।

    उनले कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका २ गोलघर स्थित मिलन रेष्टुरेन्ट एण्ड दुर्गा गेष्ट हाउसबाट गुरुङलाई नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology