मंसिर २०, २०७७ शनिवार
•
१३:०५:३८ बजे
शनिबार बिहान अवैध रुपमा तस्करी हुदै गरेको पाचँ ट्रक गोरु प्रहरीले पश्चिमबाट पूर्वतर्फ लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुटवलको अस्पताललाइनबाट ट्रक सहित पाचँ जनालाई पनि नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा बारा निजगढ नगरपालिका वडा नं। ८ बस्ने ३६ वर्षका गणेश पौडेल, जितपुर सिमरा नगरपालिका वडा नं।१६ का ३८ वर्षका तिलकबहादुर जिम्बा, निजगढ न।पा। ९ का ५२ वर्षका शम्भु भट्टराई, मकवानपुर हेटौडा उ।म।न।पा। वडा नं।१४ बस्ते ३० वर्षका लक्ष्मण दनै र बारा निजगढ न।पा। वडा नं। ९ बस्ने ३२ वर्षका नवराज कार्की रहेका छन ।
प्रहरीका अनुसार ना ५ ख ५६५५ नं। को ट्रकमा २२ वटा, ना ८ ख ७३०२ नं।को ट्रकमा २५ वटा, बागमती प्रदेश ०३–००१ ख ०३३३ नं।को ट्रकमा २५ वटा, ना ६ ख ५७१२ नं।को ट्रकमा २३ वटा र ना ५ ख ७५३९ नं।को ट्रकमा २६ वटा गोरु रहेको छ।
नियन्त्रणमा लिइएका गोरुलाई क्वारेन्टाइन भैरहवा लगिएको छ।पछिल्लो समय नेपालबाट अत्याधिक गोरु र गाई तस्करी हुने गरेको छ।