Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

फलेवासका ३ बर्षका ब्रेन ट्युमर पीडित रिदम शर्मालाई पैसाको अभावमा उपचारमा समस्या,सहयोगको अपिल

फलेवासका ३ बर्षका ब्रेन ट्युमर पीडित रिदम शर्मालाई पैसाको अभावमा उपचारमा समस्या,सहयोगको अपिल

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २०, २०७७ शनिवार • १५:२८:२४ बजे
  • 1.6K
    SHARES
  • फलेवासका ३ बर्षका  ब्रेन ट्युमर पीडित रिदम शर्मालाई पैसाको अभावमा उपचारमा समस्या,सहयोगको अपिल
    पोखरा - ब्रेन ट्युमर पीडित रिदम शर्मालाई पैसाको अभावमा उपचारमा समस्या भएको छ।  फलेवास नगरपालिका वडानं. १ बस्ने सामान्य परिवारका रुद्र प्रसाद शर्मा र शर्मीला शर्मा को ३ वष छोरा रिदमको करिब ३ महिना अगाडि टाउको दुख्ने र घरी घरी बाकबाकी लाग्ने समस्या देखिएको थियो।

    समस्या देखिएपछि नजिकैको स्वास्थ्य केन्द्रमा लगि जचाउँदा कुनै समस्या नदेखिएपछि पोखरा हस्पिटलका बाल डाक्टर भाइरत्न शाक्यलाई देखाउँदा पनि उपचार सम्भव नभएपछि उनकै सल्लाहमा पोखराको प्रतिष्ठित हस्पिटल मनिपाल शिक्षण अस्पतालमा जाँच गर्दा मस्तिस्कमा मासु पलाएको देखिएको थियो। अभिभावकलाई विश्वास नलागेपछि पुन एमआरआई पश्चात मस्तिष्कमा मासु पलाएको जानकारी भएपछि मनिपाल शिक्षण अस्पतालका डाक्टरले अपरेशन गर्नुपर्ने सल्लाह दिएका थिए।

    रिदमको अपरेशनको लागि काठमाण्डौंमा रहेको अन्नपूर्ण न्यूरो अस्पतालमा करिब २ महिना उपचारको लागि राखिएको थियो। अपरेशन पश्चात उपचारको क्रममा अर्को अपरेशन गर्नुपर्ने देखियो। तर रिदमलाई अपरेशन गरेको केही समयमा निमोनिया देखियो। रिदमलाई स्वास प्रस्वासमा र खानको समस्याले गर्दा घाटीमा प्वाल पारी पाइप नली राखिएको छ।

    दिनप्रतिदिन रोग थपिदै गएको छ। उनको दोस्रो अपरेशन समयमा हुन नसकेमा बचाउन गाह्रो हुने डाक्टरहरु बताउछन्। तर पैसाको अभावले समयमा उपचार गर्न कठिन देखिएको छ। 

    उपचार गराउँदा गराउँदै पैसाको अभाव भएपछि अहिले रिदमको परिवार केही उपचार सामाग्री किनी चितवन टाँडीमा रहेको ठूलोबुवाको घरमा बसी उपचार गराईरहेका छन्। भक्तपुर क्यान्सर अस्पतालमा समेत उपचारको लागि गुहार गरिरहेका छन् तर थेरापी गर्न समेत महिनौ पालो कुर्नुपर्ने अवस्थाले गर्दा आफ्नो छोराको प्राण जोगाउन नसकिने पो हो की भन्ने बाबुआमालाई चिसो लागेको छ। 
    रिदमका बुवा भन्नुहुन्छ “आफूसँग भएको पैसा पनि सकियो छरछिमेकी साथी भाईले दिएको पैसा पनि सकियो। भएको जायजेथा सबै सकियो।

    छोराको उपचार गर्दा आजसम्म २० लाख भन्दा बढी खर्च भईसकेको छ। हामी जस्तो परिवारले यतिका सम्म ग¥यौ अब उपचारको लागि १५ लाख खर्च लाग्छ भनी अस्पतालले भनेको छ, कहाँबाट ल्याउने कसरी ल्याउने केही सोच्नै सकिएको छैन, सम्पूर्ण देश विदेशमा भएका नेपाली दाजुभाई दिदीबहीनीहरु सँग दशऔला जोडी मेरो छोरा बचाइदिन अनुरोध गर्दछु।”

    सहयोगदाताहरुले निम्न खातामा सहयोग गर्न सक्नुहुनेछ।
    रुद्रप्रसाद शर्मा ( बिरामी को बुबा ) को मुक्तिनाथ बिकाश बैंकको खाता नं.
    ०२१२१६००२६९४७००००००१
    फोन नं. ९८५७६३०६२२
    सर्मिला शर्मा ( बिरामी को आमा ) को नेपाल बैंकको खाता नं.
    ०६६०११०६७५०७१७०००००१
    फोन नं. ९८६७६८३९३४
    थप जानकारीका लागि सम्पर्क ः ९८०९२२१३१२ ( प्रकोप सापकोटा ), ९८४५३२४२२१ ( रामप्रसाद पौडेल )

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology