Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना संक्रमणबाट शनिबार पोखरामा थप तीन जनाको निधन

कोरोना संक्रमणबाट शनिबार पोखरामा थप तीन जनाको निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २०, २०७७ शनिवार • १५:३८:०९ बजे
  • 961
    SHARES
  • कोरोना संक्रमणबाट शनिबार पोखरामा थप तीन जनाको निधन
    कोरोना संक्रमणबाट शनिबार पोखराका बिभिन्न अस्पतालहरुमा उपचारत थप तीन जनाको निधन भएको छ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार, पोखरा महानगरपालिका वडा नम्बर १७ का ५७ वर्षीय संक्रमित पुरुषको निधन भएको छ । उनको आज बिहान ४ बजे उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । उनलाई कार्तिक २८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

    पोखरा ११ की ७२ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । उनको उपचारका क्रममा शुक्रबार राति पौने ९ बजे फिस्टेल अस्पताल पोखरामा निधन भएको हो । मृतक महिलालाई मंसिर १८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

    यता फिस्टेल अस्पताल पोखरामा नै पोखरा महानगरपालिका वडा नम्बर १२ का ८० वर्षीय कोरोना संक्रमित पुरुषको पनि निधन भएको छ । उनको आज दिउँसो सवा १२ बजे निधन भएको हो ।

    स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार उनलाई मंसिर १६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

    यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ६६ पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology