Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गोली प्रहार

प्रहरीसँग रहेको पेस्तोल खोसी प्रहरी माथि नै गोली प्रहार

प्रहरीसँग रहेको पेस्तोल खोसी प्रहरी माथि नै गोली प्रहार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २१, २०७७ आइतवार • ११:३६:५९ बजे
  • 1.6K
    SHARES
  • प्रहरीसँग रहेको पेस्तोल खोसी प्रहरी माथि नै गोली प्रहार
    रुपन्देहीको बुटवलमा गोली चलेको छ। बुटवल उपमहानगरपालिका ८ शुक्रपथ, शुक्रनगरस्थित होटल कलसमा तस्करहरुको टोलीले प्रहरी माथि गोली चलाएको हो।

    उनीहरुलाई नियन्त्रणमा लिन पुगेको सादा पोशाकका प्रहरीसँग रहेको पेस्तोल खोसी तस्कर समूहका एक जनाले प्रहरी माथि गोली प्रहार गरेका हुन्। उनले चलाएको गोली प्रहरीलाई नलागी तस्कर समूहका अर्का एक जनालाई लागेको छ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षणक सत्यनारायण थापाका अनुसार गोली लागेर घाइते भएका राकेश न्यौपानेको अवस्था गम्भीर रहेको छ। गोली लागि घाइते भएका न्यौपानेलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा उनलाई त्यहाँबाट थप उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा लगिएको छ।

    प्रहरीले घाइतेसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी नियन्त्रणमा रहेकाहरुमा भक्तबहादुर थापा र कर्णबहादुर राउत छन्। गोली चलाउने व्यक्ति फरार रहेको प्रहरी नायव उपरीक्षक थापाले बताए।

    त्यस क्रममा प्रहरीले पेस्तोल भने फिर्ता लिएको छ।

  • सम्बन्धित विषय:

  • # गोली प्रहार
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology