Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङ काठेखोला गाउँपालिका ७ जिरेबीको कच्ची सडकमा ट्याक्टर दुर्घटना , युवक घाइते

बागलुङ काठेखोला गाउँपालिका ७ जिरेबीको कच्ची सडकमा ट्याक्टर दुर्घटना , युवक घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २३, २०७७ मंगलवार • १९:३७:४१ बजे
  • 1.9K
    SHARES
  • बागलुङ काठेखोला गाउँपालिका ७ जिरेबीको कच्ची सडकमा ट्याक्टर दुर्घटना , युवक घाइते
    मंगलबार दिउसो बागलुङ काठेखोला गाउँपालिका-७ जिरेबीको कच्ची सडक मर्मतको क्रममा ट्याक्टर दुर्घटना हुँदा एक युवक घाइते भएका छन् ।

    प्रकाश बिल्डर्स प्राईभेट लिमिटेडको रा १ त ३३६३ नं को ट्याक्टर दुर्घटना हुँदा सह-चालक सल्यान बागचौर नगरपालिकाका १९ वर्षीय निसान नेपाली घाइते भएको प्रहरीले जनाएको छ ।

    नेपालीको दुबै खुट्टामा चोट देखिएको र उपचारका लागि धौलागिरि अस्पताल बागलुङ लगिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव  उपरीक्षक एवै प्रवक्ता राजेन्द्रबाबु रेग्मीले बताउनुभयो । ट्याक्टर दिउसो १।२५ बजे सडकबाट ७० मिटर तल खसेको थियो ।

  • सम्बन्धित विषय:

  • # ट्याक्टर दुर्घटना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology