Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आँपको प्रलोभन देखाइ बालिकाको बलात्कारपछि हत्या

आँपको प्रलोभन देखाइ बालिकाको बलात्कारपछि हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७७ सोमवार • १०:४६:०४ बजे
  • 1.6K
    SHARES
  • आँपको प्रलोभन देखाइ बालिकाको बलात्कारपछि हत्या

    जनकपुरधाम उपमहानगरपालिमा बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा उत्तर प्रदेश राज्यको काकोरी ग्राम पञ्चायत वडा नम्बर ११ बस्ने ३२ वर्षीय दिपु सिंह रहेका छन् ।

    images

    जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ बस्ने विनोद पञ्जियारकी ११ वर्षीया छोरी कञ्चन कुमारी पञ्जियारको बलात्कारपछि हत्या भएको हो । गत १७ गते भैँसी चराउन आँपको बगैँचा पुगेकी कञ्चन बेपत्ता बनेकी थिइन् । त्यसको दुई दिनपछि दुधमति नदी छेउमा उनको शव अर्धनग्न अवस्थामा फेला परेको थियो ।

    प्रहरी अनुसन्धानबाट चौधरी र मिश्र इन्डस्ट्रिजमा चार–पाँच महिना अघि काम गर्न आएका सिंहले इन्डस्ट्रिजमा आँप टिप्न आउँदा कञ्चनलाई आँप दिन्छु भन्ने प्रलोभन देखाइ बगैँचाको एकान्त कुनामा लगेर बलात्कारपछि हत्या गरेको खुल्न आएको छ ।

    हत्यापछि उनले शवलाई सोही ठाउँमा लुकाइ भोलिपल्ट बिहान आफूले प्रयोग गर्दै आएको ब्ल्याङ्केटमा बेरेर दुधमति नदी नजिकको झाडीमा फालेका थिए ।

    सिंहले प्रहरी समक्ष बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    राताेपाटीबाट साभार

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology