Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संक्रमितको मृत्यु

पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु

पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २८, २०७७ आइतवार • १५:३७:५२ बजे
  • 1.7K
    SHARES
  • पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु
    पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका-१७ की ७४ वर्षीया महिला र तनहुँको म्याग्दे गाउँपालिका-२ का ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

    पोखराकी ७४ वर्षीया महिलाको शनिबार राति ८:४० बजे मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको उनले बताए । उनीमा मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    डा। शर्माका अनुसार तनहुँका ६० वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार बिहान ९:३० बजे मृत्यु भएको हो । उनीमा मंसिर २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । डा। शर्माका अनुसार उनी क्रोनिक लिभर डिजिजबाट पनि पीडित थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology