Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२४ घण्टामा १८ जनाको मृत्यु ,८२१ जनामा कोरोना पुष्टि

२४ घण्टामा १८ जनाको मृत्यु ,८२१ जनामा कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २९, २०७७ सोमवार • १७:१९:५० बजे
  • 811
    SHARES
  • २४ घण्टामा १८ जनाको मृत्यु ,८२१ जनामा कोरोना पुष्टि
    २४ घण्टामा महिला ३१७ र पुरुष ५०४ जनासहित ८२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामै ८४२ जना निको हुनुका साथै १८ जनाको मृत्यु समेत भएको छ । 


    मन्त्रालयका अनुसार यससँगै देशभर संक्रमितको कुल संख्या २ लाख ४९ हजार २४४ र निको हुनेको संख्या २ लाख ३६ हजार ५७३ जना पुगेको छ । यस्तै हाल देशभर १० हजार ९५५ जना सक्रिय संक्रमित रहेका छन् भने निको हुने दर ९४.९ प्रतिशत रहेको छ । 


    पछिल्लो २४ घण्टामा ५ हजार ४२३ जनाको पीसीआर परीक्षण भएको छ । पछिल्लो समय परीक्षण दर घट्दै गएपछि  संक्रमित पनि घट्दै गएको पाइएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology