Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दीमा ब्यवसायीहरुले बुझाए गृहमन्त्रालयलाई ज्ञापनपत्र

म्याग्दीमा ब्यवसायीहरुले बुझाए गृहमन्त्रालयलाई ज्ञापनपत्र

प्रकाश बिश्वकर्मा

प्रकाश बिश्वकर्मा

आषाढ २२, २०७७ सोमवार • १५:३५:२६ बजे
  • 1.4K
    SHARES
  • म्याग्दीमा  ब्यवसायीहरुले बुझाए  गृहमन्त्रालयलाई ज्ञापनपत्र

    याक्सी ब्यवसायी म्याग्दी ले लकडाउनको अवधिको बैंकको किस्ता र ब्याजको भाका लकडाउन शुरु भएको मिती देखी खुला गरिंएकोमिती सम्म कम्तिमा ३ महिना समय अबधी थप गरी लकडाउनको समय अबधी सम्मलाई शून्य मानी सोही अनुसारको नयाँ क़िस्तातालिका निर्धारण गर्न अनुरोध गरेका छन् । कोरोनाभाइरस (कोभिड–१९) को जोखिमसँगै ट्याक्सी ब्यवसाय पूर्णरुपमा बन्द भएपछि यहीपेशाको माध्यम बाट जिविकापार्जन गर्ने  ब्यबसायीहरुलाई दैनिक गुजारा चलाउन समेत पनि धौ धौ भएको भन्दै कर्जा र ब्याजकोसमयसिमा कम्तिमा ६ महिना थपको अनुरोध गदैं जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालयलाइ ज्ञापनपत्र बुझाएका हुन् ।

    images

    म्याग्दीमा क्रियाशील दुई यातयात प्रा लि कालीगण्डकी यातायात प्रालिका अध्यक्ष भोज बहादुर थापा (कुमार)र  बेनी यातायात प्रालिकाअध्यक्ष टिक प्रसाद पुर्जा  ले प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालमार्फत गृहमन्त्रालयमा ज्ञापनपत्र पठाउँदै तत्काल ब्याज र किस्तातिर्नु नसक्ने भन्दै एकहोरो ताकेता गरिए सबारी साघनका कागजपत्र र चापी बैंकमा बुझाइने बताउनुभयो ।

    ज्ञापनपत्रमा लकडाउनको अवधिमा तिनुपर्ने किस्ता र ब्याजलाई सुन्य समय मान्दै पूर्णरुपमा लकडाउन खुलेपछि तिर्ने,लकडाउनकोअवधिमा समय पुगेको सवारीसाधनको बिमा समयावधी थप गर्ने, बेनी नगरपालिकालाई तिदैं आएको काउन्टरभाडा, पार्किङ शुल्कमिनाह लगायतका माग गरिएको छ । सोही अवसरमा प्रजिअ ढकालले ट्याक्सी ब्यबसाय नितान्त नाफा मुलक मात्र नभएर सेवा मुलकब्यबसाय भएको र यो भन्दा पहिला जिल्लामा पर्ने सबै प्रकारको अफ्ठ्यारो परिस्थितीमा पनि ब्यबासायीले आफ्नो भुमिका पुरा गरेकोस्मरण गर्दै ब्यवसायीको जाहेज मागहरुलाई सम्बन्धित निकायमा पठाउने र पहल गर्ने बताउनुभयो ।

     

    लकडाउन खुकुलो भए संगै बैंक तथा बित्तिय संस्थाहरुलेबारम्बार ताकेता गरेर फ़ोन म्यासेज लगाएतको सुचना गर्नथाले पछी बाध्य भएर यो ज्ञापन पत्र बुझाईएको र बैंक बित्तियसंस्था र ब्यबसायी एकै रथका दुई पाग्रां भएकोले अफ्ठ्यारो परिस्थितिको सामना मिलेर गर्नु पर्ने यसका लागी सरकारलेसमन्वय गर्नु पर्ने कालिगण्डकी यातयात प्रा लि का अध्यक्षभोज बहादुर थापा(कुमार)ले मयुर पाटीलाई बताउनु भयो!

  • सम्बन्धित विषय:

  • # यातायत
  • प्रकाश बिश्वकर्मा

    प्रकाश बिश्वकर्मा मयूरपाटी डिजिटल पत्रिकाकाे प्रधान सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology