Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

घर नजिकैको आँपको रुखमा पासो लगाएर प्रहरी हवल्दारले गरे आत्महत्या

घर नजिकैको आँपको रुखमा पासो लगाएर प्रहरी हवल्दारले गरे आत्महत्या

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २९, २०७७ सोमवार • १९:१६:०१ बजे
  • 1.5K
    SHARES
  • घर नजिकैको आँपको रुखमा पासो लगाएर  प्रहरी हवल्दारले गरे आत्महत्या
    चितवन । एक प्रहरी हवल्दारले गएराती आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवन अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार होमप्रसाद ढकालले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

    थापाका अनुसार भरतपुर महानगरपालिका २४ शुक्रनगरमा रहेको आफ्नै घर नजिकैको आँपको रुखमा ढकालले पासो लगाएर आत्महत्या गरेका हुन्।

    प्रहरी निरीक्षककाे टोलीले घटनास्थलकाे मुचुल्का उठाएर शव पोस्टमार्टम गर्न भरतपुर अस्पतालमा ल्याइएकाे थापाले बताए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology