मंसिर ३०, २०७७ मंगलवार
•
०९:४७:२८ बजे
पोखरा महानगरपालिका वडा नं ११ काँहु भञ्ज्याङबाट लागूऔषध सहित तीन युवालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध बेचबिखन तथा कारोवार भईरहेको गोप्य सुचनाका आधारमा पोखरा महानगरपालिका वडा नं।११ काँहु भञ्ज्याङबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता प्र नि कृष्ण बस्यालले बताइन ।
पक्राउ पर्नेमा वडा नं-१२ माटेपानी बस्ने बर्ष ३२ को रमेश गुरुङ ,वडा नं-११ काहुभन्ज्यङ बस्ने बर्ष २१ को मुकेश बिक ,वडा नं-१२ चापापानी बस्ने बर्ष २९ को नवराज गुरुङ रहेका छन । उनीहरुको साथबाट लागूऔषध डाईजापाम-६४ एम्पुल, नुर्फिन-६५ एम्पुल, फेनेरागन-६७ एम्पुल, गाँजा २० ग्राम, मोवाईल थान -२ र नगद रु।२,८४० फेला परेको प्रवक्ता बस्यालले बताइन ।
निजहरुलाई लागूऔषध सम्बन्धी कसूर अन्तर्गत सम्मानित कास्की जिल्ला अदालतबाट दिन (७) सात म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए ।