Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखराका कार्कीको क्षयरोगका कारण कारागारमा मृत्यु

पोखराका कार्कीको क्षयरोगका कारण कारागारमा मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १, २०७७ बुधवार • १७:२०:०४ बजे
  • 1.5K
    SHARES
  • पोखराका कार्कीको क्षयरोगका कारण कारागारमा मृत्यु
    कारागार कार्यालय चितवनमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ । बुधबार बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन् ।

    कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार लामो समयदेखि श्वासप्रश्वासको समस्या भई उपचारका क्रममा क्षयरोगको सङ्क्रण पुष्टि भएका उनको भरतपुर अस्पतालमा मृत्यु भएको हो । लागुऔषध मुद्दामा विसं २०७६ साउन १८ गते दुई वर्ष कैद र रु १ लाख जरिवाना तोकिएका उनलाई नवलपुर जिल्ला अदालतबाट सजायका लागि यहाँ पठाइएको थियो ।शुरुमा श्वासप्रश्वासमा समस्या देखिएको भए पनि सिटिस्क्यानबाट उनलाई क्षयरोग पुष्टि भएको थियो । उनको उपचारका क्रममा बुधबार बिहान ८ः४७ बजे मृत्यु भएको हो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology