Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दीमा कार्यरत रहँदा गर्भपतन गराएको आरोपमा बैदाम कास्कीका इन्सपेक्टर शर्मा पक्राउ

म्याग्दीमा कार्यरत रहँदा गर्भपतन गराएको आरोपमा बैदाम कास्कीका इन्सपेक्टर शर्मा पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २, २०७७ बिहिवार • १४:१६:४१ बजे
  • 8.1K
    SHARES
  • म्याग्दीमा कार्यरत रहँदा गर्भपतन गराएको आरोपमा बैदाम कास्कीका इन्सपेक्टर शर्मा पक्राउ
    कास्की । श्रीमतीको इच्छाविपरित गर्भपतन गराएको आरोपमा नेपाल प्रहरीका निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदाम, कास्कीमा कार्यरत इन्सपेक्टर धुव्र शर्मा पक्राउ परेका हुन् ।


    जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा कार्यरत रहँदा इन्सपेक्टर शर्माले सोही स्थानकी युवतीसँग प्रेम सम्बन्धमै छँदा विवाहको प्रलोभन देखाएर शारीरिक सम्पर्क गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । विवाह गरेको केही दिनपछि इन्सपेक्टर शर्माले जबरजस्ती ती युवतीलाई पर्वतकै एक क्लिनिकमा गर्भपतन गराएका दबाब दिएका थिए ।


    पीडित स्मृति शर्माले प्रेम सम्बन्ध रहेकै समयमा विवाह गर्ने प्रलोभन देखाएर शारीरिक सम्पर्क गरेपछि गर्भ रहेको र विवाहपछि जबर्जस्ती गर्भपतन गराएको आरोपसहित उजुरी गरेपछि प्रहरी निरीक्षक शर्मालाई मंसिर २३ गते कार्यरत स्थलबाट नै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पीडित युवतीले जबरजस्ती भ्रुणहत्या गरेको आरोपमा मंसिर १५ गते उजुरी दिएकी थिइन् ।


    घटनास्थल पवर्तको कुस्माबजार भएकाले शर्मालाई पर्वत पठाइएको छ । शर्मामाथि जिल्ला अदालत पर्वतबाट १० दिनको म्याद थप भएको र अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनीष श्रेष्ठले जानकारी दिए ।

    पीडित युवती र इन्सपेक्टर धु्रुव शर्माबीच प्रेम सम्बन्ध रहेकै समयमा सम्बन्धमा खटपट आएको थियो । युवती गर्भवती भइसकेपछि शर्माले अर्कै युवतीसँग विवाह गर्ने तयारी गरेका थिए । पीडित युवतीले अर्कै युवतीसँग विवाह गर्न लागेको थाहा पाएपछि अधिकारकर्मीको सहयोगमा प्रहरी निरीक्षकसँग उनले विवाह गरेकी थिइन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology