Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

६ बर्षीय बालिकालाई जबरजस्ती गरेको आरोपमा १५ बर्षिय किशोर पक्राऊ

६ बर्षीय बालिकालाई जबरजस्ती गरेको आरोपमा १५ बर्षिय किशोर पक्राऊ

बादल शाही

बादल शाही

पौष २, २०७७ बिहिवार • २०:३७:३६ बजे
  • 3.8K
    SHARES
  • ६ बर्षीय बालिकालाई जबरजस्ती गरेको आरोपमा १५ बर्षिय किशोर पक्राऊ
    बेनी नगरपालिका ५ पुलाचौर गान्देमा  एक ६ वर्षीय वालिकालाई जबरजस्ती गरेको आरोपमा १५ वर्षिय किशोरलाई प्रहरीले   पक्राउ गरेको छ । पक्राउ पछि बालिका र किशोरलाई स्वास्थ्य चेकजाँचको लागि जिल्ला अस्पताल बेनीमा लगिए पनि बिशेषज्ञ सुबिधा अस्पतालमा उपलब्ध नभएकोले पोखरा पठाईएको  जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रवक्ता प्रहरी निरिक्षक डाक्टर प्रसाद चौधरीले जानकारी दिनु भएको छ।

    आज दुबैको स्वास्थ्य परिक्षण हुंदैछ भोली जाहेरी दर्ता गरेर थप अनुसन्धान अगाडी बढाउॅछौ बालिका जबरजस्ती जस्तो गम्भिर आरोप भएकोले प्रहरीले गम्भिरता पुर्बक अनुसन्धान अगाडी बढाउने प्रबक्ता चौधरीले मयुरपाटी संग बताउनु भएको छ।

    यो सँगै पछिल्लो समय म्याग्दीमा हत्याहिंसा, महिला हिंसा, जातिय विभेद लगायतका घटनाहरुले पश्रय पाइरहेको छ । दिनानुदिन समाजमा बढ्दै गईरहेको यस्ता घटनाहरु न्यूनीकरणको लागि जनचेतनाको आवश्यकता खड्केको छ ।

    बादल शाही

    बादल शाही मयूरपाटी डिजिटल पत्रिकाकाे सम्बाददाता हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology