Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बागलुङ जैमिनी बिनामारे नजिकै कालीगण्डकी नदीको किनारमा बेवारिसे अवस्थामा महिलाको शव फेला

बागलुङ जैमिनी बिनामारे नजिकै कालीगण्डकी नदीको किनारमा बेवारिसे अवस्थामा महिलाको शव फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ३, २०७७ शुक्रवार • १२:३२:१७ बजे
  • 1.1K
    SHARES
  • बागलुङ जैमिनी बिनामारे नजिकै कालीगण्डकी नदीको किनारमा बेवारिसे अवस्थामा महिलाको शव फेला
    कालीगण्डकी नदीको किनारमा आज बिहान बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ ।

    बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे नजिकै कालीगण्डकीको किनारमा परिचय नखुलेकी आन्दाजी ५० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

    नदी छेउमा ढुङ्गामा अड्किएको अवस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीचौकी कुश्मीशेराबाट घटनास्थल पुगेका टोलीले शव उठाएको छ । शवको पहिचान र परीक्षणको काम भइरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए ।

    शवको पहिचानका लागि प्रहरीले हुलियासहितको तस्वीर माताहतका एकाइमा पठाएको छ । कहीँकतैबाट हराएको वा खबर नआएकाले तत्काल शवको पहिचान गर्न कठिन भएको प्रहरी नायब उपरीक्षक रेग्मीले बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology