म्याग्दी मोना अष्ट्रेलियाको १२ औं साधारण सभा तथा छैठौं (६) अधिवेशनबाट २०२०_२०२२को लागि सर्वसम्मत रुपमा ईन्द्र थापा मगरको अध्यक्षतामा १६ सदस्यिय कार्य समिती पुर्न:गठन भएको छ। नव गठित कार्यसमितीको उपाध्यक्ष शुसन श्रेष्ठ महासचिब लक्की श्रेष्ठ सचिब दिनेश खत्री र कोषाध्यक्षमा सुमन बॅानिया रहनु भएकोछ।
अधिबेसनको उद्घघाट्न गर्दै मोना IEC का सचिब प्रमुख अतिेथी हरी राम्जालीले परिबर्तित समय र सन्दर्भ संगै मोनामा पनि अबयुबाहरुको नेतृत्व आबश्यक रहेको र युवाहरुको नेतृत्व संगै संस्थाले गति लिने हॅुदा म्याग्देली युवाहरु मोनामा संगठित हुन आब्हान गर्नुभयो।यसै गरी मोना अष्ट्रेलियाका निबर्तमान अध्यक्ष मुक्ति रोकाले आफ्नो कार्यकालमा सहयोग सद्भाब राख्ने सबैलाई धन्यबाद दिदै संस्थाको दिगो बिकास र निरन्तरताको लागी एक जुट हुन अनुरोध गर्नु भयो।
मोना अष्ट्रेलियाका अध्यक्ष मुक्ति रोकाको अध्यक्षता तथा माधब सुबेदीको संचालनमा सम्पन्न कार्यक्रममा संस्थाका नबनिर्बाचितअध्यक्ष ईन्द्र थापा मगरले मोना अष्ट्रेलियाले अस्ट्रेलियामा बस्ने सबै म्याग्देलीको अभिभाबकिय भुमिका निर्बाह गर्ने यसका लागी सबै शहरहरुमा संस्थाको शाखाहरु तत्काल गठन गर्ने बताउनु भयो । साथै जिल्लामा पर्ने हरेक खालका अफ्ठ्यारा परिस्थितिमा आगमी दिनहरुमा संस्थाका आफ्नै स्थापित कोषबाट आबश्यक क्षेत्र,समुदाय या ब्यक्तिको हातमा पुग्ने गरी संस्थागत निर्णयको आधारमा सहयोग गर्ने समेत प्रतिबद्दता ब्यक्त गर्नु भएको संस्थाका कार्यसमिती सदस्य हिक्मत श्रेष्ठले जानाकारी दिनुभयो।