Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

झोलुङे पुलमा झुण्डिएर टिकटक बनाउन खोज्दा युवकको मृत्यु

झोलुङे पुलमा झुण्डिएर टिकटक बनाउन खोज्दा युवकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ६, २०७७ सोमवार • १४:२४:५० बजे
  • 1.5K
    SHARES
  • झोलुङे पुलमा झुण्डिएर टिकटक बनाउन खोज्दा  युवकको मृत्यु
    दाङमा टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर गम्भिर घाइते  युवकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए । उपचारका क्रममा  कोहलपुर मेडिकल कलेजमा आज बिहान उनको मृत्यु भएको हो ।

    थापा शनिबार दिउँसो २ बजेतिर बबई गाउँपालिका ५ पुरन्धारा झरना नजिकैको बबई नदीको झुलुङ्गे पुलबाट लडेर खस्दा गम्भीर घाइते भएका थिए । पुलबाट झरेर गम्भीर घाइते थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्राथमिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको थियो ।


    शनिबार रमाइलो गर्ने भन्दै उनीसहित २५–२६ जना साथी मिलेर पर्यटकीयस्थल पुरन्धारा झरनामा पिकनिक खान गएका थिए । त्यहीँ  समयमा थापा टिकटक बनाउन भन्दै बबई नदी माथिको झुलुङ्गे पुलमा राखिएको सपोट तारमा झुण्डिएका थिए । 


     थापाले टिकटक बनाउन भन्दै सपोट तारमा झुण्डिएका रहेछन्,’ एसपी चन्दले भने, ‘केहीबेर झुण्डिएपछि उनको हात गल्यो र उनी त्यहीँबाट सोझै तल बगरमा खसेर गम्भिर घाइते भए, उनको चिन्ताजनक अबस्था नै थियो, आज बिहान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।’

  • सम्बन्धित विषय:

  • # समाज
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology