Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखराको व्यस्त सडक पृथ्वीचोकमा स्कुटर दुर्घटना,मानविय क्षतिबाट जोगियो

पोखराको व्यस्त सडक पृथ्वीचोकमा स्कुटर दुर्घटना,मानविय क्षतिबाट जोगियो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ६, २०७७ सोमवार • १६:२१:२६ बजे
  • 3.2K
    SHARES
  • पोखराको व्यस्त सडक पृथ्वीचोकमा स्कुटर दुर्घटना,मानविय क्षतिबाट जोगियो
    सोमबार दिउसोँ पोखराको व्यस्त सडक पृथ्वीचोकमा स्कुटर दुर्घटना भएको छ ।

    चाइनापुलबाट पृथ्वीचोकतर्फ आइरहेको दुई सवारी टिपर र माइक्रो बसको बीचमा स्कुटर अनियन्त्रीत हुदाँ दुर्घटना भएको । भाग्यवस स्कुटर चालक भने शकुसल रहेका छन ।

     तीनै सवारी एकै दिशाबाट आउने क्रममा दुई ठूला गाडीको बीचमा ग १७ प ५३३६ नम्बरको स्कुटर परेको थियो ।

    पोखरा खाल्टेमसिना बस्दै आएकी सोनु मानन्धर गाडीको बीचमा परेपछि आत्तिएर ब्रेक लगाउदा अनियन्त्रित भई स्कुटर माइक्रो बस भित्र पस्न पुगेको थियो ।

    लु अ अ म (नयाँ)  ७०९९ नम्बरको टिपरसँग ठक्कर खाएपछि स्कुटर अनियन्त्रित भइ ग १ ख ९५७० नम्बरको यात्रुबाहक बसको मुनि परेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सुचना अधिकारी एवं प्रहरी नायव निरीक्षक पूर्ण बहादुर अधिकारीले जानकारी दिनुभयो ।

    सँगै रहेका माइक्रो र टिपरको बीचमा परेका स्कुटर ग १ ख ९५७० बसको माइक्रोको पछाडीको टायर भित्र पुग्दा क्षति ग्रस्त हुन पुगेको छ भने अस्थायी नम्बर  ७०९९ अस्थायी टिप्परको टायरबाट भने जोगिएको छ ।

  • सम्बन्धित विषय:

  • # स्कुटर दुर्घटना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology