Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घन्टामा थप ७२२ जनामा संक्रमण पुष्टिः ३ को मृत्यु

पछिल्लो २४ घन्टामा थप ७२२ जनामा संक्रमण पुष्टिः ३ को मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ७, २०७७ मंगलवार • १७:०६:१३ बजे
  • 1.1K
    SHARES
  • पछिल्लो २४ घन्टामा थप ७२२ जनामा संक्रमण पुष्टिः ३ को मृत्यु

    पछिल्लो २४ घन्टामा नेपालमा थप ७ सय २२ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार संक्रमण पुष्टि भएकामा ४ सय १२ पुरुष र ३ सय १० महिला गरी ७ सय २२ जना रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    images

    याेसँगै कूल संक्रमितकाे संख्या २ लाख ५५ हजार २ सय ३६ जना पुगेकाे छ ।

    काठमाडाैं उपत्यकामा मात्र ३ सय ३५ जना थपिएकाे छ । जसमध्ये काठमाडाैंका ३ सय, ललितपुरका ४२ र भक्तपुरका २३ जना रहेका छन् ।

    पछिल्लाे २४ घन्टाकाे अवघिमा ९ सय ६६ जना संक्रमण मुक्त भइ घर फर्किएका छन् । याेसँगै निकाे हुनेकाे संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेकाे छ । नेपालमा निकाे हुने दर ९६ दशमलव ३ प्रतिशत रहेकाे छ ।

    पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । काेराेना भाइरसबाट मृत्यु हुनेकाे कूल संख्या १ हजार ७ सय ९८ पुगेकाे छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology