Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँका ६४ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा पोखरामा मृत्यु

तनहुँका ६४ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा पोखरामा मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ७, २०७७ मंगलवार • १८:१३:५१ बजे
  • 3.6K
    SHARES
  • तनहुँका ६४ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा पोखरामा मृत्यु
    पोखरा- पोखरामा थप एक जना कोरोना संक्रमित पुरुषको उपचारको क्रममा सोमबार राति कोरोना संक्रमित मृत्यु भएको छ ।

    तनहुँ जिल्ला व्यास नगरपालिका-५ का ६४ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार राति ८।२० बजे मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत उहाँका मंसिर २९ गते कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले जानकारी दिए ।

    मृतकमा उच्च रक्तचापको समस्या समेत रहेको थियो । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट एक सय ८८ जनाको मृत्यु भएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology