Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँ फिरफिरेको राङलीबोटमा 'तमु हिल पार्क' निर्माण हुने

तनहुँ फिरफिरेको राङलीबोटमा 'तमु हिल पार्क' निर्माण हुने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ८, २०७७ बुधवार • १५:४८:२७ बजे
  • 1.6K
    SHARES
  • तनहुँ  फिरफिरेको राङलीबोटमा 'तमु हिल पार्क'  निर्माण हुने
    तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा तमु उद्यान निर्माण हुने भएको छ । गुरुङ समुदायको इतिहास, धर्म, संस्कृति, संस्कार र सामाजिक परिवेशको प्रतिबिम्ब झल्काउने गरी फिरफिरेको राङलीबोटमा ‘तमु हिल पार्क बनाउन’ लागिएको हो ।
    वडाको योजनालाई सार्थक तुल्याउन स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराउने भएका छन् । ६ जना स्थानीय मिलेर दश रोपनी चार आना जग्गा दान गर्ने प्रतिबद्धता जनाएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिएका छन ।

    स्थानीयवासी कौरी गुरुङले एक रोपनी आठ आना, कविराज गुरुङले १५ आना, इन्द्रसुब्बा गुरुङले एक रोपनी सात आना, भुपरध्वज गुरुङले तीन रोपनी एक आना, लालु गुरुङले एक रोपनी ११ आना र मनबहादुर गुरुङले एक रोपनी आठ आना दिने भएका छन । उनीहरुले आगामी चैतसम्म पार्कको नाममा जग्गा पास गर्ने गरी एक समझदारीपत्रमा हस्ताक्षर गरेको वडाध्यक्ष गुरुङले बताए ।

    “स्थानीयवासीले जग्गा दिने भएपछि पार्क निर्माणको काम अगाडि बढाउनलाई बाटो खुलेको छ,” वडाध्यक्ष गुरुङले भने । वडाले तमु हिल पार्क निर्माणका लागि चालु आर्थिक वर्षमा दश लाख बजेट विनियोजन गरेको छ । उक्त रकमले सडक बनाउने, जग्गा सम्याउने र पार्कको शिलान्यास गर्ने काम हुने गुरुङले जानकारी दिए। “यो वर्ष काम शुरु भएपछि तीनै तहका सरकारसँग बजेट माग्छौ,” उनले भने, “यसमा स्थानीयवासीको पनि लागत साझेदारी रहनेछ ।” उद्यान निर्माण सम्पन्न गर्न करिब पाँच करोड लाग्ने अनुमान छ ।

    उद्यानलाई गुरुङ समुदायका युवा पुस्ताले इतिहासबारे अध्ययन गर्ने थलो बनाउने योजना छ । उद्यानको आकर्षणमा फलिना क्होइबो धि, गुरुङ जातिको पैतृक कार्यसँग जोडिएको क्होईबोमा १२ वटा वर्गचक्रको मूर्तिले घेरिएको हुनेछ । गुरुङ समुदायको परम्परागत घर निर्माण गरी जन्मदेखि मृत्युसम्मका कर्मकाण्ड झल्किने सामग्री प्रदर्शनमा राखिनेछ । जसबाट गुरुङ समुदायको बारेमा सोध अध्ययनमा सहयोग पुग्ने जनाइएको छ ।

    उद्यानभित्र छुट्टै गोरखा राइफल्स र शान्तिपार्कको परिकल्पना गरिएको छ । बालउद्यान, वनभोजस्थल, भिआइपी सवारी र आपतकालीन उद्धारका लागि हेलिप्याड निर्माण गर्ने डिजाइनमा उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # तमु उद्यान
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology