Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संसद बिघटन बिरुद्धको मुद्धामा आज सुनुवाई हुँदै

संसद बिघटन बिरुद्धको मुद्धामा आज सुनुवाई हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १०, २०७७ शुक्रवार • ११:०६:१९ बजे
  • 1.9K
    SHARES
  • संसद बिघटन बिरुद्धको मुद्धामा आज सुनुवाई हुँदै
    प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित दायर गरिएका सबै रिटको सुनुवाइ आज हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको एकल इजलासले बुधबार एक दर्जन रिटलाई सुनुवाइका लागि संवैधानिक इजलासमा पेस गर्न आदेश दिएको थियो।
    अब सबै रिटमा आज प्रधानन्यायाधीश राणासहित सर्वोच्चका न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा संलग्न संवैधानिक इजलासमा सुनुवाइ हुनेछ। उक्त इजलास यस अघि नै गठन भएको थियो ।
    संवैधानिक इजलासमा पक्ष विपक्षको सुनुवाइपछि राष्ट्रपति र प्रधानमन्त्रीको निर्णय रोक्ने वा नरोक्ने विषयको छिनोफानो हुनेछ। सर्वोच्चको एकल इजलासले पहिलो सुनुवाइमा विपक्षीसँग लिखित जवाफसमेत माग नगरी संवैधानिक इजलासमा पेस गर्न आदेश दिएको हो।

  • सम्बन्धित विषय:

  • # समाज
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology