Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

श्रीमान् विदेश भएको मौका छोपी परपुरुषसँग लागेपछि तनहुँ भादगाउँकी तीन वर्षीय छोरी समेत बेखबर

श्रीमान् विदेश भएको मौका छोपी परपुरुषसँग लागेपछि तनहुँ भादगाउँकी तीन वर्षीय छोरी समेत बेखबर

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १०, २०७७ शुक्रवार • १७:३६:१३ बजे
  • 889
    SHARES
  • श्रीमान् विदेश भएको मौका छोपी परपुरुषसँग लागेपछि तनहुँ भादगाउँकी  तीन वर्षीय छोरी समेत बेखबर
    व्यास- तनहुँ  जिल्लाको व्यास नगरपालिका–१ भादगाउँ निवासी एक महिला श्रीमान् विदेश भएको मौका छोपी परपुरुषसँग लागेपछि तीन वर्षीय छोरीसमेत बेखबर बनेकी छन् । पाँच दिनदेखि बुहारी हराएपछि जेठाजुले खोजी गर्नका लागि भन्दै प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

    हराएकी महिला खोज्न प्रहरीले कदम चालिरहेको अवस्थामा पुनः दुई दिनपछि उनै व्यक्तिले बालिका पनि हराएकाले खोजी गर्न भन्दै जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    महिला परपुरुषसँग गएको भन्ने जानकारी पाए पनि फेला पार्न भने नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । “पोखराका एक पुरुषसँग ती महिला गएको र एक दिन उनैको घरमा बसेको भन्नेसम्म सुराकी पाएका थियौँ”, उहाँले भन्नुभयो, “उक्त स्थानमा भोलिपल्ट जाँदा प्रहरीले दुवैलाई फेला पार्न सकेन ।”

    पोखरा निवासी ती पुरुषको घर प्रहरीले पत्ता लगाईसके पनि कसैलाई भेटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । “ती बालिकालाई पनि उनीहरुले सँगै लगेको हुनसक्ने अनुमान गरेका छौँ”, प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले भन्नुभयो, “प्रहरीले ती महिला र पुरुषको खोजी कार्यलाई तीव्रता दिँदै आएको छ ।”

  • सम्बन्धित विषय:

  • # परपुरुषसँग लागेपछि
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology