Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्याङ्जामा एक बालिका पानीको ट्याङकी भित्र डुबेको अवस्थामा मृत फेला

स्याङ्जामा एक बालिका पानीको ट्याङकी भित्र डुबेको अवस्थामा मृत फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १०, २०७७ शुक्रवार • १७:४०:०९ बजे
  • 1.5K
    SHARES
  • स्याङ्जामा एक बालिका पानीको ट्याङकी भित्र डुबेको अवस्थामा मृत फेला
    स्याङ्जामा एक बालिका पानीको ट्याङकी भित्र डुबेको अवस्थामा मृत फेला परेकी छन् ।

    बिहीबार फेदीखोला गाउँपालिका-१ सर्केटारी स्थित अर्जुनकुमार गुरुङको घरमा विगत ७ वर्षदेखि बस्दै आएकी १२ वर्षीया बालिका सन्ध्या सारु मगर बुधबार बिहान घरदेखी एक सय ५० मीटर माथि पानीको ट्याङ्कीमा मृत अवस्थामा फेला परेकी हुन् ।

    बुधबार बिहानदेखि हराएकी सन्ध्याको खोजी गर्ने क्रममा बिहीबार बिहान पानी ट्याङमा मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो ।

     बाबुआमाको परिचय नखुलेकी ती बालिकालाई गुरुङले पाँच वर्षको उमेरदेखि धर्महुन्छ भन्दै पाल्दै आएका थिए । घटनाको बारेमा अनुसन्धान अगाडि वढाइएको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology