Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बिशेष क्षमता भएका परिवारलाई दौतरी ग्रुप रामबजारको खाद्यान्न सहयोग

बिशेष क्षमता भएका परिवारलाई दौतरी ग्रुप रामबजारको खाद्यान्न सहयोग

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ११, २०७७ शनिवार • १६:५६:०२ बजे
  • 2.9K
    SHARES
  • बिशेष क्षमता भएका परिवारलाई दौतरी ग्रुप रामबजारको खाद्यान्न सहयोग
    आश तमु पोखरा - बिशेष क्षमता भएका परिवारलाई दौतरी ग्रुप रामबजारले खाद्यान्न सहयोग गरेको छ ।

    आज शनिवार बिहान जेष्ठ नागरिक मिलन केन्द्र रामबजार परिसरमा १५ जना परिवारलाई ग्रुपले खाद्यान्न सहयोग गरेको ग्रुपका मनोज गुरुङले बताए ।

    गुरुङका अनुसार ४२ हजार वरावरको खाधान्न वितरण गरिएको बताए । बिगतमा देउसी भैलो खेलेर जम्मा भएको रकमबाट वितरण गरेको बताउदै यसपाली कोरोना महामारीका कारण देश विदेशमा रहेका दौतरीग्रुपका साथीहरुबाट रकम संकलन गरेर बिशेष क्षमता भएका व्यक्तिहरुलाई विगत वर्ष झै यस वर्ष पनि सहयोग गरेको उनको भनाई छ । 
    133505387_444656023360034_6536592305528022372_n.jpg

    "यो ग्रुपबाट तपाईहरुलाई सहयोग हो,राहत होइन ,हामी सधै नसके पनि आवश्यकतामा साथ छौ" गुरुङले भने । "हामी सङ्ग धेरै भएर र तपाइहरु सङ्ग थोरै भएर दिन खोजेको होइन ।विषम परस्थितीमा सानो सहयोग हो राहत होइन,यसलाई अन्यथा नलिनु होला । "

    यसै गरी वडा न १० का विशेष क्षमता समन्व्य कर्ता प्रेम बहादुर गुरुङले कोरोना महामारी बीच ग्रुपले गरेको सहयोग उदाहरणीय रहेको भन्दै बिशेष धन्यवाद  दिए ।
    133133371_2806404752955917_3014929829372549824_n.jpg

    ग्रुपले १५ जना परिवारलाई एक वोरा चामल , दाल तेल चाउचाउ नुन चिनी चियापती लगाएत दैनिक जिवनमा भान्सामा प्रयोग हुने खाद्यान्न  बितरण गरेका थिए । ग्रुपका मनोज गुरुङका अनुसार समुहमा नेपालमा १२ जना र बिदेशमा १३ जना गरी २५ जनाको दौतरी ग्रुप रहेको ब्नताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology