Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रुकुममा आफ्नै श्रीमानको हत्या गरी प्रहरी कार्यालयमा पुगे श्रीमती

रुकुममा आफ्नै श्रीमानको हत्या गरी प्रहरी कार्यालयमा पुगे श्रीमती

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १३, २०७७ सोमवार • १७:२५:२२ बजे
  • 3.4K
    SHARES
  • रुकुममा आफ्नै श्रीमानको हत्या गरी प्रहरी कार्यालयमा पुगे श्रीमती
    रुकुम –  रुकुममा आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् ।

    आइतबार दिउँसो प्रहरीले  जिल्लाको मुसिकोट नगरपालिका-८ घोरखानी बस्ने ५० वर्षीया डल्ली बुढालाई पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार महिलाले आफ्नै श्रीमान चित्र बहादुर थापालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेकी हुन् । उनले चक्कु प्रहार गरी श्रीमानलाई मारेको छु भनि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा स्वंयम उपस्थित भई जानकारी गराए पश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    घटनाका सम्बन्धमा  अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology