Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सांस्कृतिक पर्व ल्होसार /ल्होछार, उधौली पर्व , यःमरी पुन्ही एवं ज्यापु दिवसको अवसरमा प्रदेश प्रमुख शेरचनको शुभकामना

सांस्कृतिक पर्व ल्होसार /ल्होछार, उधौली पर्व , यःमरी पुन्ही एवं ज्यापु दिवसको अवसरमा प्रदेश प्रमुख शेरचनको शुभकामना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १५, २०७७ बुधवार • ११:१३:०८ बजे
  • 2.2K
    SHARES
  • सांस्कृतिक पर्व ल्होसार /ल्होछार, उधौली पर्व , यःमरी पुन्ही एवं ज्यापु दिवसको अवसरमा प्रदेश प्रमुख शेरचनको शुभकामना
    गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले तमु (गुरुङ) समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व ल्होसार  ल्होछार, किराँत समुदायको उधौली पर्व तथा नेवार समुदायको यःमरी पुन्ही एवं ज्यापु दिवसको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

    प्रमुख शेरचनले आज एक शुभकामना सन्देशमा सांस्कृतिक पर्वहरूले आपसी सहिष्णुता र सद्भाव एवं राष्ट्रिय एकता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै ल्होसार  ल्होछार, उधौली तथा यःमरी पुन्हीको अवसरमा शान्ति, स्थायित्व, राष्ट्रिय एकता र समृद्धिका लागि सबैमा प्रेरणा मिलोस् भन्ने कामनासमेत गर्नुभएको छ ।

    तमु समुदायले ल्होसार  ल्होछारलाई नयाँ वर्षको रूपमा मनाउँदै आएका छन् । च्यू ल्हो (मुसा वर्ग)को बिदाइ र ल्वों ल्हो (गाई वर्ग)को आगमनको खुशीयालीमा एकापसमा शुभकामना साटासाट गरी तमु समुदायले यो पर्व मनाउने गर्दछन् ।

    यसैगरी किराँत समुदायले अन्नबाली भित्र्याएको खुशीयालीमा उधौली पर्व मनाउँदै आएका छन् भने नेवार समुदायले मनाउने यःमरी पुन्ही पनि यसपालि तमु ल्होसार र उधौलीसँगै एकै दिन परेको छ ।

  • सम्बन्धित विषय:

  • # अमिक शेरचन
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology