Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पर्वतमा जिप दुर्घटना हुँदा एक युवतीको मृत्यु

पर्वतमा जिप दुर्घटना हुँदा एक युवतीको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १५, २०७७ बुधवार • २०:४०:१७ बजे
  • 3.1K
    SHARES
  • पर्वतमा जिप दुर्घटना हुँदा एक युवतीको मृत्यु
    जलजला गाउँपालिका वडा नं ९ बनौँमा आज जिप दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । दुर्घटनाका क्रममा घाइते भएकी जलजला–६ सालिजाकी २३ वर्षीया कौशिला पुर्जाको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । 

    कुश्मा–बनौँ सडक खण्डअन्तर्गत ग २ च ६३७९ नंको जिप दुर्घटना हुँदा जिपमा सवार तीनजनामध्ये पुर्जाको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जानकारी दिएको छ । जिपका सवारी चालक जलजला–८ नाग्लिवाङका पुरुषोत्तम चापागाईं, वडा नं ९ बनौँ घर भई सोही जिपका सहचालक यमन गर्बुजा सामान्य घाइते छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

    सडकमा गुडिरहेको जिप सडकबाट करिब २०० मिटर तल पुगेर भिरमा रहेको रुखमा अल्झिएको अवस्थामा रहेको छ । रुखका कारण ठूलो दुर्घटनाबाट जोगिए पनि उपचारका क्रममा युवतीको मृत्यु भएको जलजला–९ का वडाध्यक्ष गौबहादुर पुनले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनीष श्रेष्ठले जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology