Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

निर्मला प्रकरणमा मुछिएका बिष्टकाे पुनर्वहाली

निर्मला प्रकरणमा मुछिएका बिष्टकाे पुनर्वहाली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १६, २०७७ बिहिवार • ०९:५१:०९ बजे
  • 1.1K
    SHARES
  • निर्मला प्रकरणमा मुछिएका बिष्टकाे पुनर्वहाली

    बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले निर्मला पन्तको बलात्कार र हत्या काण्डपछि निलम्बनमा परेका एसपी डिल्लीराज विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको छ।

    images

    कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कार र हत्या अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै निलम्बनमा परेका प्रहरी उपरीक्षक (एसपी) विष्ट बर्खास्तमा परेका थिए।

    गृह मन्त्रालयले एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरी सेवाबाट हटाएको थियो। बर्खास्तमा परेका एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले पुनर्वहालीको माग गर्दै मन्त्रिपरिषदमा निवेदन दिएका थिए।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology