Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दाइले लगाएको परालको आगोमा जलेर दुई वर्षीया बालिकाको मृत्यु

दाइले लगाएको परालको आगोमा जलेर दुई वर्षीया बालिकाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १७, २०७७ शुक्रवार • ०७:१५:०३ बजे
  • 1.1K
    SHARES
  • दाइले लगाएको परालको आगोमा जलेर दुई वर्षीया बालिकाको मृत्यु
    बैतडी- परालको आगोमा जलेर एक बालिकाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ३ साउनखेतका मानवीर साउदकी दुई वर्षीया छोरी रेखा साउद रहेकी छन्।

    अभिभावक काममा गएका बेला उनी चार वर्षीय दाइ सँगै खेलिरहेकी थिइन्। सलाइसँगै खेलिरहेका दाइले घरनजिकै परालको थुप्रोमा आगो लगाए।

    त्यही आगोमा परी बहिनी रेखाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिए।

    उनका अनुसार रेखाको आज साँझ ४ बजे घटनास्थलमै मृत्यु भएको छ।
    परालमा लागेको आगो घरभित्र पनि सल्किँदा सामान्य क्षति भएको प्रहरीले जनाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology