Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कपिलवस्तुमा युवतीको हत्या गरेको आरोपमा मुसलमान पक्राउ

कपिलवस्तुमा युवतीको हत्या गरेको आरोपमा मुसलमान पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १७, २०७७ शुक्रवार • ०७:२२:४० बजे
  • 1.0K
    SHARES
  • कपिलवस्तुमा युवतीको हत्या गरेको आरोपमा मुसलमान पक्राउ
    कपिलवस्तु- कपिलवस्तुमा युवतीको हत्या गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। 

    शिवराज नगरपालिका-३ करमादीकी १६ वर्षीया दीपा रोकाको हत्या आरोपमा प्रहरीले वडा नम्बर ४ का २० वर्षीय अल्ताफ मुसलमानलाई पक्राउ गरेको हो।

    पक्राउ परेका मुसलमानलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

    रोका गत पुस ११ गते सम्पर्कविहीन भएकी थिइन्। उनको शव दुई दिनपछि १३ गते जवाई खोलामा फेला परेको थियो।

    युवतीको शव फेला परेपछि प्रहरीले उनको साथबाट भेटिएको पुरूषको पर्स लगायत घटनासँग सम्बन्धित वस्तुहरूको प्राविधिक परीक्षण गरेको थियो।

    त्यसपछि मुसलमानले हत्या गरेको हुनसक्ने आशंका गरी पक्राउ गरेको प्रहरीले जनाएको छ। 

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार पक्राउ परेका मुसलमानले युवतीको हत्या गरेको स्वीकारिसकेका छन्। 

    प्रहरीले घटनास्थलबाट मुसलमानको पर्स भेटाएको थियो भने युवतीको मोबाइल मुसलमानसँग फेला परेको थियो।  

    प्रहरीले पक्राउ परेका मुसलमानलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरू गरेको अधिकारीले बताए। 

    खोलामा माछा मार्न गएका बेला युवतीलाई जिस्काएको र उनले प्रतिवाद गरेकोले घाँटी थिचेर हत्या गरेको खुल्न आएको उनले जानकारी दिए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology