Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँको आबुखैरेनी एक्लेफाँटमा टिपर र सेनाको ट्रक ठोक्किदा हवल्दार घाइते

तनहुँको आबुखैरेनी एक्लेफाँटमा टिपर र सेनाको ट्रक ठोक्किदा हवल्दार घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १८, २०७७ शनिवार • १७:४३:०० बजे
  • 1.7K
    SHARES
  • तनहुँको आबुखैरेनी एक्लेफाँटमा टिपर र सेनाको ट्रक ठोक्किदा हवल्दार घाइते
    तनहुँ -  टिपर र ट्रक ठोक्किदा नेपाली सेनाका हवल्दार घाइते भएका छन् ।दुर्घटनामा परी नेपाली सेना पश्चिम पृतना बिजयपुर पोखरामा कार्यरत हवल्दार ३७ वर्षीय सूर्यबहादुर खड्का घाइते भएका हुन । 

     ना।१ ख ६४०० नं को टिपर र लु।१ ग। १६४ नं को नेपाली सेनाको ट्रक तनहुँको आबुखैरेनी गाउँपालिका-२ एक्लेफाँटमा एक आपसमा ठक्कर खाएको थियो । स्याङ्जा पुतलीबजार नगरपालिका-१३ निवासी घाइते खड्काको हाडजोर्नी अस्पताल आबुखैरेनीमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

    आबुखैरेनीबाट डुम्रे तर्फ जादै गरेको टिपर र विपरीत दिशाबाट आउदै गरेको नेपाली सेनाको ट्रक एक आपसमा ठक्किएको प्रहरीले जनाएको छ । प्रहरीले टिपर चालक र दुबै सवारी साधन नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology