Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा मोटरसाइकललाई ठक्कर दिएर कार फरार ,घाइतेको उपचार हुदैँ

पोखरामा मोटरसाइकललाई ठक्कर दिएर कार फरार ,घाइतेको उपचार हुदैँ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १९, २०७७ आइतवार • १९:०३:४९ बजे
  • 1.2K
    SHARES
  • पोखरामा मोटरसाइकललाई ठक्कर दिएर कार फरार ,घाइतेको उपचार हुदैँ
    आइतबार बिहान पोखराको जिरो किलोमिटर नजिकै कारले मोटरसाइकललाई ठक्कर दिएर फरार भएका छन। कारले ढक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् ।

    पोखरा-८ जिरोबाट पृथ्वीचोक तर्फ आउदै गरेको ग १६ प ४५३ नं। को मोटरसाइकललाई सोही दिशाबाट आउदै गरेको सेतो रङको कारले बिहान ५।१५ बजे ठक्कर दिएको हो ।

    दुर्घटनामा गोरखा गण्डकी गाउँपालिका-४ घरभई पोखरा-५ पस्र्याङ बस्दै आएका मोटरसाइकल चालक २९ वर्षीय सन्तोष बराम घाइते भएका छन । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीका अनुसार बरामको  सृजनाचोक स्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।

    ठक्कर दिने कार फरार रहेकोले खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology