Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमण

पोखरामा कोरोना संक्रमणका कारण थप एक महिलाको मृत्यु

पोखरामा कोरोना संक्रमणका कारण थप एक महिलाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १९, २०७७ आइतवार • १९:१९:१७ बजे
  • 2.6K
    SHARES
  • पोखरामा कोरोना संक्रमणका कारण थप एक महिलाको मृत्यु
    पोखरामा कोरोना संक्रमणका कारण थप एक महिलाको मृत्यु भएको छ ।स्याङ्जा पुतलीबजार नगरपालिका ७ की ८२ वर्षीय महिलाको शनिवार राती उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार उहाँको शनिवार राति पौने ८ बजे उपचारका क्रममा निधन भएको थियो ।

    पुष १३ गते ती महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँमा कोभिड न्युमोनियाको समस्या रहेको पनि निर्देशनालयले जानकारी दिएको छ । निर्देशनालयका निर्देशक डा। विनोद विन्दु शर्माले दिएको जानकारी अनुसार शनिवार भएको वहाँको निधनसँगै गण्डकी प्रदेशमा संक्रमणबाट मृत्यु हुनेको संख्या १९३ पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology