Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारी हिमपात

हुम्लामा भारी हिमपात :विमान सेवा अवरुद्ध,बालीनाली सप्रिने भएकाले किसानहरु भने खुसी

हुम्लामा भारी हिमपात :विमान सेवा अवरुद्ध,बालीनाली सप्रिने भएकाले किसानहरु भने खुसी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २०, २०७७ सोमवार • १०:३७:३१ बजे
  • 1.8K
    SHARES
  • हुम्लामा भारी हिमपात :विमान सेवा अवरुद्ध,बालीनाली सप्रिने भएकाले किसानहरु भने खुसी
    हुम्ला । हुम्लामा आइतबार साँझदेखि भारी हिमपात भएको छ । हिमपात भएपछि विमान सेवासमेत अवरुद्ध भएको छ ।

    भारी हिमपाता कारण उडान रोकिएपछि सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौंलगायतका स्थानमा जाने तयारी गरेका यात्रुहरू हुम्लामै रोकिन बाध्य भएका छन् ।

    तारा एयरका जहाज आइतबारदेखि नै सिमकोट विमानस्थलमै थन्किएका छन् । एउटा जहाजको ब्याट्रीमा समस्या देखिएपछि मर्मत गर्न अर्काे जहाजमा प्राविधिक टोली आएको थियो । मर्मत गरी फर्कने बेला मौसम खराब भएपछि उडान रोकिएको सिमकोट विमानस्थलका प्रमुख विष्णु अधिकारीले जानकारी दिए ।

    पश्चिमी वायुको प्रभावसँग उच्च पहाडी र हिमाली जिल्लाहरुमा हिमपात भइरहेको छ । हुम्ला सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने नारा लेख, लिमि जाने न्यालु लेख लगायतका स्थान हिउँले ढाकिएर सेताम्य भएका छन् ।

    हिमपातसँगै चिसो बढेपछि जनजीवन प्रभावित भए पनि हिउँले बालीनाली सप्रिने भएकाले किसानहरु भने खुसी भएका छन् ।

  • सम्बन्धित विषय:

  • # भारी हिमपात
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology