Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हेलिकप्टरबाट उद्धार गरिएका आँधीखोला ५, स्याङ्जा निवासी ५१ वर्षीय कोरोना संक्रमित शिक्षकको मृत्यु

हेलिकप्टरबाट उद्धार गरिएका आँधीखोला ५, स्याङ्जा निवासी ५१ वर्षीय कोरोना संक्रमित शिक्षकको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २०, २०७७ सोमवार • १०:५३:३८ बजे
  • 6.0K
    SHARES
  • हेलिकप्टरबाट उद्धार गरिएका आँधीखोला ५, स्याङ्जा निवासी ५१ वर्षीय कोरोना संक्रमित शिक्षकको मृत्यु
    सुर्खेत । हेलिकप्टरबाट उद्धार गरिएका कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छ । काठमाडौंस्थित हृयाम्स अस्पतालमा उपचारको क्रम्मा आँधीखोला गाउँपालिका-५, स्याङ्जा निवासी ५१ वर्षीय शिक्षकको मृत्यु भएको हो ।

    डोल्पाको सरस्वती माध्यामिक विद्यालयमाकामा विगत १२ वर्षदेखि अध्यापन गर्दै आएका ती शिक्षकलाई कोराना संक्रमणबाट गम्भीर भएपछि उपचारका लागि शुक्रबार हेलिकप्टर चार्टर गरेर काठमाडौं लगिएको थियो ।

    पुस १४ सुर्खेतमा पीसीआर परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको थियो ।

    सोही दिनदेखि होम आइसोलेसनमा रहेको ती शिक्षक पुस १६ गते टाउको दुख्ने, वान्ता आउने र चक्कर लाग्ने समस्या देखिएपछि डोल्पा जिल्ला अस्पतालमा भर्ना भएका थिए ।

    १७ गते बिहान बेहोश भएपछि उनलाई काठमाडौं लगिएको थियो । उनको शनिबार दिउँसो मृत्यु भएको महाशाखाले आइतबार एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

    प्रोटोकल अनुसारका सबै उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभइ उपचारकै क्रममा उनको मृत्यु भएको महाशाखाले जनाएको छ ।

    यससागै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या २७ पुगेको जनस्वास्थ्य शाखा प्रमुख कँडेलले जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology