Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

घुस

तनहुँमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मा कार्यरत सवइन्जिनियर डेढ लाख घुस रकम सहित पक्राउ

तनहुँमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मा कार्यरत सवइन्जिनियर डेढ लाख घुस रकम सहित पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २२, २०७७ बुधवार • १८:३५:५७ बजे
  • 1.6K
    SHARES
  • तनहुँमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मा कार्यरत सवइन्जिनियर डेढ लाख घुस रकम सहित पक्राउ
    तनहुँमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाइ (शिक्षा) मा कार्यरत सवइन्जिनियर सुरेन्द्र अधिकारी घुससहित पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले अधिकारीलाई १ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

    भानु नगरपालिका कार्यक्षेत्र भई आयोजना कार्यान्वयन इकाई (शिक्षा) मा कार्यरत सवइन्जिनियर अधिकारीले आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा उक्त घुस रकमसहित नियन्त्रणमा लिएको प्रवक्ता अधिकारीले बताए ।

    सवइन्जिनियर अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # घुस
  • # घुससहित पक्राउ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology