Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली सेनाको गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार ६५ वर्षीय पुरुषको मृत्यु

नेपाली सेनाको गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार ६५ वर्षीय पुरुषको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २२, २०७७ बुधवार • २२:००:३१ बजे
  • 2.3K
    SHARES
  • नेपाली सेनाको गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार ६५ वर्षीय पुरुषको मृत्यु
    नेपाली सेनाको गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।सप्तरीको रुपनी गाउँपालिकामा नेपाली सेनाको गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । 

    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मृत्यु हुनेमा सप्तरीको अग्निसाइर–कृष्णसवरण गाउँपालिका २ का रामचन्द्रप्रसाद चौधरी छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स५प ५०७६ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको बा१ग १९८१ नम्बरको नेपाली सेनाको गाडीले ठक्कर दिएको थियो । 

    घाइते थारूको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । 

    सेनाको गाडी र चालक मनीष राई अहिले प्रहरीको नियन्त्रणमा छन् । मृतकको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाली सेना
  • # मृत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology