पोखरा - पोखरामा १२ की एक जना कोरोना संक्रमित महिलाको निधन भएको छ ।
कास्की पोखरा महानगरपालिका वडा नं १२ की ६२ वर्षीया महिलाको कोरोना संक्रमणका कारण निधन भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार उपचारको क्रममा विहिबार राति पौने १२ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा निधन भएको थियो ।
गत पुष २१ गते उहाँमा कोरोना संक्रमण पुष्टि भएका महिलामा न्युमोनिया र मधुमेह लगायतको समस्या रहेको पनि निर्देशनालय निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिए ।
थप १ जनाको निधनसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९५ पुगेको छ ।