Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बुटवलमा सडक मिचेर निर्माण गरिएका घरहरु डोजर चलाएर भत्काउन शुरु

बुटवलमा सडक मिचेर निर्माण गरिएका घरहरु डोजर चलाएर भत्काउन शुरु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २६, २०७७ आइतवार • १०:४१:५७ बजे
  • 1.9K
    SHARES
  • बुटवलमा सडक मिचेर निर्माण गरिएका घरहरु डोजर चलाएर भत्काउन शुरु
    बुटवल - सिद्धार्थ राजमाग अन्तरगत पर्ने बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मका सडक किनारका सडक मिचेर निर्माण गरिएका घरहरुमा आइतबार बिहानदेखि डोजर चलाएर भत्काउन शुरु गरिएको छ । डिभिजन सडक कार्यालयले डोजर चलाएर भत्काउन थालेको हो ।


    लामो समय अदालती प्रकृयाले रोकिएको सडकको विस्तार कार्यलाई हालै अदालतलको निर्णय आएपछि आज बिहानैदेखि ब्यापक प्रहरी परिचालन गरी बुटवलको ट्राफिक चोकबाट सडक मिचेर बनाएका घर टहर भत्काउन सुरु गरेको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताए ।


    पटक–पटक अदालतको आदेशले रोकिदै आएको सो सडकको विस्तारविरुद्ध नारायणीदेवि प्रधान लगायतका २४ जनाबाट परेको पछिल्लो रिट निवेदनमा यसअघि गत ९ असारमा दिएको अल्पकालिन आन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश सर्वोच्च अदालतले गरेपछि डिभिजन सडक कार्यालय बुटवललाई सडक विस्तार गर्ने बाटो खुलेको थियो ।

    सर्वोच्चका न्यायाधीस सपना प्रधान मल्ल र डा।मनोज कुमार शर्माको संयुक्त ईजलासले सो आदेशलाई निरन्तरता दिनु नपर्ने निर्णय गरेको हो । अदालतको आदेशसँगै बुटवल बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाले सडक सीमा भित्रका घरटहरा तथा त्यहाँ बनेका संंरचना भत्काउने २४ घण्टे अल्टिमेटम सडक कार्यलयले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology